झापा । झापाको दमकमा गोली लागी घाइते गम्भीर भएकी छात्रा एनिका गजमेर (निशा) लाई गोली हान्ने मानिस उनकै पूर्व शिक्षक रहेको खुलेको छ । शुक्रबार परीक्षा दिएर फर्किँदै गरेकी एनिकालाई मध्यान्न १२ बजे सिरहा घर भएका अमितकुमार यादवले गोली हानेका थिए ।
उदयपुर घर भएकी एनिका दमकस्थित हिमालय माध्यमिक विद्यालय दमकमा कक्षा १२ मा मानविकी संकायमा अध्ययनरत छिन् । अस्पतालकै बेडबाट एनिकाले बोलेको भिडिओ सार्वजनिक भएको छ ।
भिडिओमा एनिकाले आफूलाई यादवले पढाएको र दमक आएपछि पनि एक दुई पटक भेट्न आएको भनेकी छिन् । प्रेम प्रस्ताव राखेपछि आफूले गलत नियतले नहेर्न भन्दै टाढा भएको बताएकी छिन् । यादव कहाँ बस्थे भन्ने बारेमा आफूलाई थाहा नभएको एनिकाको भनाइ छ ।
एनिकाको शरीरमा लागेको गोली निकालिएको छ । उनको नाभि छेउमा गोली लागेको थियो । नाभि छेउमा गोली लागेकोमा निकालिएको अस्पतालले जनाएको छ । दमक स्थिक लाइफ लाइन अस्पतालका चिकित्सकले अप्रेसन गरी गोली निकालेका हुन् । गोली हान्नुको बाँकी कारण खुलिसकेको छैन ।




