काठमाडौं । बिहीबार सुनचाँदीको भाउ ह्वात्तै बढेको छ । सुन प्रतितोला १ हजार ६ सय र चाँदी प्रतितोला ६० रुपैयाँ बढेर हालसम्मकै उच्च मूल्यको रेकर्ड कायम भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ४० हजार र तेजावी सुन प्रतितोला १ लाख ३९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै आज चाँदीको प्रतितोला १ हजार ८ सय ५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।




