काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाशप्रसाद सिरोहिया विरूद्ध पक्राउ पूर्जी जारी भएको छ । जिल्ला अदालत धनुषाले सिरोहियाविरूद्ध पक्राउ पूर्जी जारी गरेको धनुषा प्रहरीले जनाएको छ ।
धनुषा जिल्ला अदालतका सूचना अधिकारी डम्बरप्रसाद घिमिरेले सिरोहियाविरूद्ध पक्राउ पूर्जी जारी भएको बताए । सिरोहियाविरूद्ध दुई वटा नागरिकता लिएको आरोपमा धनुषा प्रहरीले अनुसन्धान गरिरहेको थियो ।
सिरोहिया अध्यक्ष रहेको कान्तिपुर दैनिकले गृहमन्त्री रवि लामिछाने जोडिएको सहकारी ठगी र त्यसमा उनको संलग्नता बारे शृंखलाबद्ध रूपमा समाचार छापिरहेको छ ।




