काठमाडौं । नेपालमा कोरोना भाइरसको दुई वटा नयाँ भेरियन्ट भेटिएका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका अनुसार उक्त भेरियन्ट ‘केपी. १’ र ‘केपी. २’ पुष्टि भएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा ४२ प्रतिशतको हाराहारीमा ‘केपी.१ र केपी.२’ पुष्टि भएको हो । हाल उक्त भाइरस सिंगापुर अमेरिका लगायत अफ्रिकी मुलुकमा देखिएको छ ।




