पाल्पा । रम्भा गाउँपालिका ५ स्थित होटलमा ३५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना युवक पक्राउ परेका छन् । बारा जितपुर सिमरा उपमहानगरपालिका ७ बस्ने २७ वर्षीय मुकेश महतोलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
मुकेशले ती महिलालाई शनिबार बेलुकी जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी ताँहु र जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जानकारी दिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।




