काठमाडौं । पूर्वपश्चिम राजमार्गको नारायणगढ–बुटवल सडकखण्ड अन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा सडक भासिँदा राजमार्ग अवरुद्ध भएको छ ।
सोमबार साँझदेखि परेको वर्षाका कारणका गएराति २ बजेको समयमा गैँडाकोट ९ थुम्सीको जंगलमा सडक भासिँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको हो ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी औबर्दघाट-सुस्तापूर्वओका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलले निर्माणाधीन सडक भासिँदा राजमार्ग दुई तर्फी अवरुद्ध भएको जानकारी दिए । अवरुद्ध सडकमा ट्रक फसेकाले हटाउने काम भइरहेको छ ।
भासिएको सडकमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको लु १ ख ८५१३ नम्बरको यात्रुबाहक बसमा एक्कासी ब्रेक लगाउँदा त्यसमा सवार आठ यात्रु सामान्य घाइते भएका छन् ।
ब्रेक लगाउँदा बस हुत्तिएर अर्को बसमा ठोक्किँदा यात्रु घाइते भएको प्रहरी नायब उपरीक्षक पौडेलले जानकारी दिए । सडक एकतर्फी भएपनि खुलाउने प्रयास भइरहेको छ ।




