काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ मा १६ लाख पर्यटक भित्र्याउने घोषणा गरेको छ । सन् २०२३ का लागि १० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको सफलता मिलेसँगै उत्साहित भएको सरकारले आउँदो वर्ष १६ लाखको महत्त्वाकाङ्क्षी लक्ष्य राखेको हो ।
यसका लागि आवश्यक पर्यटन प्रवर्द्धनका कार्यक्रमहरू अघि बढाइने अर्थमन्त्री वर्षमान पुनले बजेटमार्फत जानकारी दिए । यस्तै नेपाललाई विवाह गन्तव्य बनाउने सरकारले घोषणा गरेको छ ।
आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले पर्यटन विकासमा यसले मूख्य भूमिका खेल्ने जनाएका छन् । उनले जनकपुरलाई वेडिङ हव र लुम्बीनीलाई बर्थिङ हब बनाउने बताएका हुन् ।




