काठमाडौं । सरकारले यस वर्ष व्यक्तिगत आयकर यथावत् राखेको छ । सामाजिक सुरक्षा कोष सम्बन्धी व्यवस्थाको आयकर ऐन, २०५८ अनुसार एकल प्राकृतिक व्यक्तिको वार्षिक ५ लाख रुपैयाँसम्म रोजगारीको करयोग्य आय भएमा १ प्रतिशतका दरले तिर्नुपर्ने छ ।
यस्तै दम्पतीको हकमा वार्षिक ६ लाख रुपैयाँसम्म रोजगारीको कर योग्य आय भएमा १ प्रतिशतका दरले कर लाग्ने यसअघिकै व्यवस्थालाई निरन्तरता दिएको हो ।
यस्तो आय कर ऐनको दफा २ को उपदफा १ बमोजिम कर रकम भुक्तानीका बखत स्रोतमा कट्टी गरी असुल गरिने आर्थिक विधेयक २०८१ मा उल्लेख गरिएको छ । सोही दफाको उपदफा २ बमोजिम असुल गरिएको रकम छुट्टै राजस्व खातामा जम्मा गरिनेछ ।




