काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका प्रबन्ध निर्देशक सम्भव सिरोहियाले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफूविरुद्धका समाचार लुकाउन अनुरोध गरेको आरोप लगाएका छन् ।
शुक्रबार बिहान भिडिओ सन्देश जारी गर्दै सम्भवले सहकारीको बचत रकम अपचलन बारे कान्तिपुरले लगातार समाचार लेखेपछि त्यो नलेख्नु भनेर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका गृहमन्त्री लामिछानेले अनुरोध गरेको दाबी गरेका हुन् ।
त्यही रिसमा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष समेत रहेका आफ्ना बुवा कैलाश सिरोहियालाई ‘झुटो आरोप’मा पक्राउ गराएको दाबी उनले गरेका छन् ।
My statement. pic.twitter.com/i23oyIVidn
— SambhavSwarSirohiya (@swarsirohiya) June 7, 2024




