वीरगंज । महालेखा परीक्षकको प्रतिवेदन अनुसार पर्सामा हालसम्म रु ७ अर्ब ५२ करोड २१ लाख ३८ हजार बेरुजू देखिएको छ । बढ्दो बेरुजूमा कुनै स्थानीय तहले चासो नदेखाएको महालेखा परीक्षकको कार्यालयले जनाएको छ । गत आर्थिक वर्षमा निर्वाचित जनप्रतिनिधिहरूले मात्र १ वर्षमा रु २ अर्ब ९६ करोड ९८ लाख बेरुजू गरेको पाइएको छ ।
मधेस प्रदेशको एकमात्र महानगरपालिका वीरगंजले गत आर्थिक वर्षमा मात्र ७६ करोड ९६ लाख २६ हजार बेरुजू गरेको छ भने हालसम्म सो कार्यालयमा ३ अर्ब ९२ लाख ८४ हजार बेरुजू रहेको छ । पोखरिया नगरपालिकाले गत आर्थिक वर्षमा ८ करोड ४७ लाख ३३ हजार बेरुजू गरेको छ भन्ने हालसम्म ४८ करोड ७८ लाख ६४ हजार बेरुजू रहेको छ ।
पर्सागढी नगरपालिकाले गत आर्थिक वर्षमा २ करोड ५९ लाख २८ हजार बेरुजू गरेको छ भने हालसम्म सो नगरपालिकामा २९ करोड ६४ लाख ६५ हजार बेरुजू रहेको छ । बहुदरमाई नपाले गत आर्थिक वर्षमा ४ करोड १४ लाख ६५ हजार बेरुजू गरेको छ भने हालसम्म सो नपामा ३५ करोड ६१ लाख बेरुजू रहेको छ ।
यस्तै ठोरी गाउँपालिकाले गत आर्थिक वर्षमा ९९ लाख ८० हजार बेरुजू गरेको छ भने हालसम्म सो पालिकामा २५ करोड ८५ लाख १६ लाख बेरुजू रहेको छ । सखुवाप्रसौनी गापाले गत आर्थिक वर्षमा ३ करोड ५६ लाख ३९ हजार बेरुजू गरेको छ भने हालसम्म सो गापामा ३७ करोड २० लाख ११ हजार बेरुजू रहेको छ ।
पटेर्वासुगौली गापाले गत आवमा ७ करोड ३४ लाख बेरुजू गरेको छ भने हालसम्म सो गापामा २५ करोड ६२ लाख २१ हजार बेरुजू देखिएको छ । पकाहामैनपुर गापाले गत आवमा ६ करोड १० लाख ९८ हजार बेरुजू गरेको छ भने हालसम्म सो गापामा १८ करोड १७ लाख २७ हजार बेरुजू देखिएको छ ।
कालिकामाई गापाले गत आवमा २ करोड १६ लाख ६८ हजार बेरुजू गरेको छ भने हालसम्म सो गापामा १८ करोड ५९ लाख ९० हजार बेरुजू रहेको पाइएको छ । जीराभवानी गापाले गत आवमा ५ करोड २० लाख ७७ हजार बेरुजू गरेको छ भने सो गापामा हालसम्म ३७ करोड ९९ लाख ९३ हजार बेरुजू रहेको छ ।
यसैगरी जगरनाथपुर गापाले गत आवमा ३ करोड २४ लाख १६ हजार बेरुजू गरेको छ भने हालसम्म सो गापामा ५७ करोड ४० लाख ८० हजार बेरुजू रहेको पाइएको छ । धोबिनी गापाले गत आवमा ३ करोड ३५ लाख ८९ हजार बेरुजू गरेकोमा हालसम्म सो गापामा २६ करोड ७७ हजार ८२ हजार बेरुजू रहेको छ ।
छिपहरमाई गापाले गत आवमा ५ करोड ९६ लाख ९६ हजार बेरुजू गरेको छ भने हालसम्म सो गापामा ३० करोड १ लाख २८ हजार बेरुजू रकम रहेको छ । विन्ध्यवासिनी गापाले गत आवमा २ करोड ८५ लाख ९६ लाख बेरुजू गरेको छ भने हालसम्म सो गापामा २३ करोड ७३ लाख ३ हजार बेरुजू रहेको छ ।




