रौतहट । रौतहटबाट बैदेशिक रोजगारीमा मलेसिया गएका एक जना युवकको दुर्घटनामा परेर मृत्यु भएको छ । रौतहटको कटहरिया नगरपालिका ३ बड़का बरेडवा गाउँका अवधलाल साह सोनारको २६ वर्षीय छोरा राकेश कुमार सोनार मलेसियामा सडक दुर्घटनामा परी मृत्यु भएको हो ।
मलेसिया स्थित कम्पनीबाट कामसकेर कोठामा फर्किनेकर्ममा गत १६ गते ट्रकले ठक्कर दिँदा उनको घटना स्थलमै मृत्यु भएको पीडित परिवारले जनाएको छ । मृतकको शव १० दिनपछि शनिबार साँझ उनको घरमा ल्याएर गएराती अन्तेष्टि गरिएको छ ।
हिन्दू परम्परा अनुसार लाल बैकया नदी किनारमा उनको डाहसंस्कार गरिएको कटहरिया ३ कारवडा अध्यक्ष श्यामान्त यादवले बताएका छन् । मलेसियास्थित नेपाली राजदूतावासले उनी काम गर्ने कम्पनीबाट क्षतिपूर्तिका लागि पहल गरिदिन मृतक राकेशको परिवारले आग्रह गरेको छ । पछिल्लो एक वर्षदेखि उनी बैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा कार्यरत रहेका थिए ।




