काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार हाल काठमाडौं उपत्यकासहित देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ ।
बागमती, कोशी र गण्डकी प्रदेशको केहि स्थानहरूमा तथा बाँकी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन एवम् चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ ।
महाशाखाले आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा पूर्ण बदली रही बाँकी भूभागमा आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ ।
साथै कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरू र लुम्बिनी, कर्णाली अनि सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन एवम् चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ ।
यस्तै कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । यस्तै आज राति कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा पूर्ण बदली रही बाँकी भूभागमा आंशिकदेखि साधारणतया बदली रहने छ ।
महाशाखाका अनुसार कोशी, मधेश र बागमती प्रदेशका धेरै स्थानहरूमा, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन एवम् चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
२०८१ असार १३ गते (बिहीबार)
दिउँसोː देशभर साधारणतयादेखि पूर्णतया बदली रहने छ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
साथै बागमती, लुम्बिनी, गण्डकी र कर्णाली प्रदेशका एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।
राति ː देशभर साधारणतयादेखि पूर्णतया बदली रहने छ । कोशी, मधेश र बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी भूभागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै कोशी, मधेश, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।
२०८१ असार १४ गते (शुक्रबार)
दिउँसो ː देशभर साधारणतयादेखि पूर्णतया बदली रहने छ । कोशी, मधेश, बागमती र लुम्बिनी प्रदेशका केही स्थानहरूका साथै गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै कोशी, मधेश, बागमती र लुम्बिनी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।
राति ː देशभर पूर्णतया बदली रहने छ । कोशी, मधेश र बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी भूभागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।




