काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुक जटिल अवस्थामा रहेको बताएका छन् । आइतबार काठमाडौंमा नेकपा (एकीकृत समाजवादी) को राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले कमिसनतन्त्र र भ्रष्टाचार संघदेखि प्रदेशसम्म बढेर गएको बताए ।
उनले लोकतान्त्रिक संस्थाहरू बिस्तारै प्रभावहीन हुँदै गएको बताउँदै लोकतन्त्र भनेको जनताको शासन रहेको उल्लेख गर्दै उनले दलको शासन, दलतन्त्र र नेताको शासन नेतातन्त्र हुँदै स्वेच्छारीतन्त्रमा नेपालको लोकतन्त्र बदलिँदै गएको उनको टिप्पणी छ ।
उनले नेपालको शिक्षा प्रणाली ध्वस्त भएको प्रमाणित भएको बताए । यस्तै अध्यक्ष यादवले आज लोकतन्त्र बिस्तारै कमजोर भइरहेको बताए । अहिले लोकतन्त्रमा खतरा राजनीतिक दलहरूभित्रबाट सुरु भएको उनको टिप्पणी थियो ।




