काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिम तर्फ सरबर स्थानमा उत्तरमा अवस्थित छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर साधारणतयादेखि पूर्णतया बदली रहेको छ । कोशी, मधेश र बागमती प्रवेशका एक दुई स्थानमा तथा बाँकी प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
दिउँसो देशभर साधारण देखि पूर्णतया बदली रहने छ । सबै प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रवेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । आज राती देशभर साधारणतया देखि पूर्णतया बदली रहने छ ।
सबै प्रदेशका धेरै स्थानहरुमा मेघगर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, मधेश, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ । शनिबार भने दिउँसो देशभर साधारणतया देखि पूर्णतया बदली रहने छ ।
सबै प्रदेशका धेरै स्थानहरूका मेघगर्जन र चट्याङ्सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, वागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका चारै स्थानहरूमा तथा मधेश प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एक दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ । महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श दिँदै सबै प्रदेशका धेरै स्थानहरूका मेघ गर्जनसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
कोशी, मधेश गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक दुई स्थानमा भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने बहान बाढी, पहिरो तथा भूक्षयका जस्ता प्रकोपको जोखिम तथा क्षतिबाट बच्न र यसबाट ती क्षेत्रहरूमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध गरेको छ ।




