काठमाडौं । नेपाल प्रहरीका एक हाकिम यौनकाण्डमा मुछिएर हेर्डक्वाटरमा तानिएका छन् । नेपाल प्रहरी संघीय कार्यालय पोखरामा कार्यरत एसएसपी दीपक रेग्मी महिलाकाण्डमा लागेर छानबिनमा तानिएका हुन् ।
एसएसपी दिपक रेग्मीले बागलुङमा लगाएको पिरती र गर्लफ्रेन्डसँग गरेको भिडियो वार्ता अहिले सामाजिक सञ्जालमा छरपष्ट भएको छ । भिडियो कुराकानी बागलुङबाट सरुवा भएर पोखरा हिँड्ने अघिल्लो दिन राति भएको बुझिन्छ ।
टेलिफोन संवादमा उनीहरुको अन्तरंग सम्बन्ध छरपष्ट भएको छ । एसएसपी रेग्मीले ती महिलालाई भन्छन्, ‘एक महिनामा एक पटक भेट हुन्छ, भेट कडा हुन्छ । अलि राम्री हुने ।’
गफै गफमा महिलाले पोखरामा अब एउटा ब्वाइफ्रेन्ड बनाउने कुरो गर्छिन् । रेग्मीले पनि आफूलाई अर्की एउटी गर्लफ्रेन्ड खोजिदिन अनुरोध गरेपछि महिलाले ‘मार्दिन्छु’ भन्छिन् र अरुसँग लागेको थाहा पाएमा उनकै पेस्तोल थुतेर हान्ने चेतावनी दिन्छिन् ।
इमोसनल गफमा एसएसपीले महिलाको बहिनीलाई नै पट्याइदिने बताएका छन् । रेग्मीले अश्लिल शब्द बोलिरहँदा महिलाले ‘पट्याएको पट्यै’ भनेको सुनिन्छ । उनीहरुबीचको संवाद अहिले सामाजिक सञ्जालमा छरपष्ट भइरहेको छ ।




