काठमाडौं । गृहमा बसेर भिजिट भिसाको धन्दा चलाउँदै आएका एक कर्मचारी प्रहरीको फन्दामा परेका छन् । ६ वर्षदेखि गृहको कम्युटर अपरेटरका रुपमा कार्यरत एक कर्मचारीले गृहमन्त्री र सचिवको नाम लिएर भिजिट भिसा धन्दा चलाइरहेको भेटिएपछि उनी प्रहरीको फन्दामा परेका हुन् ।
मानव बेचबिखनको आरोपमा भिजिट भिसामा विदेश दबाब दिने गृह मन्त्रालयका कर्मचारी निर्मल विष्ट पक्राउ परेका हुन् । उनले असार २१ मा थाइल्यान्ड हुँदै तेस्रो मुलुक जान लागेका २० जनालाई नरोक्न त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका प्रमुख अध्यागमन अधिकृत सुरेश पन्थीलाई टेलिफोनबाट अनुचित दबाब दिएका थिए ।
गृहमन्त्री र सचिवको नाम बेचेर अनुचित दबाब दिँदै आएका कर्मचारीको विषयमा थप बुझ्दा उनको कर्तुत सार्वजनिक भएसँगै विष्ट पक्राउ परेका हुन् । विष्टलाई मावन बेचबिखन अनुसन्धान ब्यूरोले नियन्त्रणमा लिएको हो ।
०७५ सालदेखि कम्प्युटर अपरेटरका रुपमा कार्यरत विष्ट मंगलबार सेवाबाट हटाइका छन् । गृहसचिव अर्यालले असार २५ गते विष्टलाई सेवाबाट हटाएका हुन् । जागिर गुमेपछि थमौतीका लागि गुहार्न पुगेका विष्टलाई मन्त्रालयबाटै पक्राउ गरिएको हो ।




