काठमाडौं । सरकारी जागिर खान धेरै मुस्किल छ । जो कोहि छिर्न सक्दैनन् । फलामे ढोका मानिने लोकसेवा पार गर्ने कठिन संघर्ष गर्नुपर्छ । तर लगन, मेहनतपूर्वक तयारी गरिएको खण्डमा लोकसेवा सजिलै छिचोल्न सकिन्छ भन्ने उदाहरण पेश गरेका छन्, शेखर रोकायाले ।
बझाङ स्थायी घर भएका शेखर रोकायाले उपसचिवमा ६ ठाउँमा नाम निकालेका छन् । २०६९ सालदेखि सरकारी सेवामा प्रवेश गरेका रोकायाले लोकसेवा आयोगले उपसचिव पदका लागि लिएको परीक्षामा एकै पटक ६ ठाउँमा नाम निकालेका हुन् ।
उनले नेपाल प्रशासन सेवाको उपसचिव पदको खुला प्रतियोगितातर्फ सामान्य प्रशासन, लेखा र राजस्व समूह तथा आन्तरिक प्रतियोगितातर्फ पनि सामान्य प्रशासन, लेखा, राजस्व समूह गरी ६ ठाउँमा एकै पटक नाम निकालेका हुन् ।
विभिन्न ६ ठाउँमा नाम निकाले पनि राकायाले सामान्य प्रशासन समूहबाट नियुक्ति लिइसकेका छन् । उनी बझाङको खप्तडछान्ना गाउँपालिका ७ गडरायका हुन् ।
सरकारी सेवाको १२ वर्षे अवधिमा देशका विभिन्न स्थानबाट सेवा दिइरहेका रोकाया अहिले उपसचिवको नियुक्तिपछिको तालिममा रहेका छन् । २०७४ सालमा शाखा अधिकृत भएका रोकायाले आत्मविश्वास र दृढ लगन रह्यो भने लोकसेवा उत्तीर्ण गर्न सकिने बताउँछन् ।




