काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । बुधबार सुन तोलामा १ हजार १ सयले बढेर तोलाको १ लाख ४७ हजार ४ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसअघि मंगलबार सुनको मुल्य तोलाको १ लाख ४६ हजार ३ सय रहेको थियो । त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४६ हजार ७ सयमा खरिद बिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी आज प्रतितोला १५ रुपैयाँले बढेर १ हजार ८ सय ५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।




