काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको उत्तरतर्फ तथा पश्चिम तर्फ सरदर स्थानको आसपास रहेको छ । शनिबार बिहानीपख बागमती प्रदेश, गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन एवम् चट्याङसहित हल्कादेखि मध्ययम वर्षा भइरहेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार आगामी २४ घण्टामा सातै प्रदेशका केही स्थानहरूमा मेघ गर्जन एवम् चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । यस्तै शनिबार बागमती प्रदेश र गण्डकी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले सचेत रहन अनुरोध गरिएको छ ।




