धनगढी । कैलालीमा सर्पदंशबाट गएराति एक बालकको मृत्यु भएको छ । घरमा सुतिरहेको अवस्थामा विषालु सर्पको टोकाइबाट धनगढी उपमहानगरपालिका ९ वनदेवी टोलका माया विकका पाँच वर्षीय छोरा अरुणको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय कैलाकीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक कवीन्द्रसिंह बोहराका अनुसार घरमा सुतिरहेको अवस्थामा राति १२ बजे बालकलाई सर्पले टोकेको थियो ।
उनलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल पुर्याइएको थियो । उनको उपचारकै क्रममा राति दुई बजे निधन भएको बोहराको भनाइ छ ।




