काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर अवस्थित रहेकोछ । हाल देशका पहाडी भूभाग लगायत कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही बाँकी क्षेत्रमा आंशिक बदली रहेको छ ।
कोशी, बागमती, लुम्विनी र सुदुरपश्चिम प्रदेशका थोरै स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो सुदुरपश्चिम प्रदेशमा साधारणतया देखी पूर्णतया बदली र बांकी प्रदेशहरुमा आंशिक देखि साधारणतया बदली रहने छ ।
सुदुरपश्चिम प्रदेशका धेरै तथा बांकी प्रदेशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा हावाहुरी सहित भारी वर्षाको पनि सम्भावना रहेको छ ।
त्यस्तै आज राती सुदुरपश्चिम प्रदेशमा साधारणतया देखी पूर्णतया बदली र बांकी प्रदेशहरुमा आंशिक देखि साधारणतया बदली रहने छ । सुदुरपश्चिम प्रदेशका धेरै तथा बांकी प्रदेशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हावाहुरीसहित भारी वर्षाको सम्भावना रहेको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा धेरै भारीदेखी अति भारी वर्षाको पनि सम्भावना रहेको छ ।




