देश छ
संघ छ
प्रदेश छन्
स्थानीय सरकार छन्
संविधान छ
तर
भ्रष्टाचार छ ।
हिमाल छ
पहाड छ
तराई-मधेस छ
वन जङ्गल छ
जडिबुटी तथा खनिज सम्पदा छन्
प्रचुर पानीको स्रोत छ
संविधान छ
तर
भ्रष्टाचार छ ।
वकिल छन्
दस्तावेज छ
कानुन छ
अदालत छन्
कर्मचारी छन्
संविधान छ
तर
भ्रष्टाचार छ ।
वडाअध्यक्षहरू छन्
मेयर-उपमेयर छन्
सांसद छन्
मन्त्री-मुख्यमन्त्री छन्
राष्ट्रपति- उपराष्ट्रपति छन्
प्रधानमन्त्री – उपप्रधानमन्त्रि छन्
संविधान छ
तर
भ्रष्टाचार छ ।
मन्दिर छन्
गुम्बा छन्
मस्जिद छन्
चर्च छन्
धर्मनिरपेक्षता छ
संविधान छ
तर
भ्रष्टाचार छ ।
परिवार छ
आफन्त छन्
संस्कार छ
संस्कृत छ
ब्यबहार छ
धर्म छ
संविधान छ
तर
भ्रष्टाचार छ ।
आम्दानी छ
अर्थ छ
बैङ्क छन्
सहकारी छन्
जनता छन्
नेता छन्
संविधान छ
तर
भ्रष्टाचार छ ।
विद्यार्थी छन्
यूवा छन्
शिक्षक-प्राध्यापक छन्
लेखक- पत्रकार छन्
डाक्टर-कर्मचारी छन्
नेतै नेता छन्
संविधान छ
तर
भ्रष्टाचार छ ।
सिमा छ
नेपाल छ
प्रजातन्त्र छ
गणतन्त्र छ
नेतै नेता छन्
संविधान छ
तर
भ्रष्टाचार छ ।




