काठमाडौं । यस वर्षको दशैँको टीकाको उत्तम साइत असोज २६ गते ११ बजेर ३६ मिनेटमा परेको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दशैँको अवसरमा गरिने धार्मिक तथा सांस्कृतिक कार्यहरूको जानकारी दिँदै आज टीकाको साइत सार्वजनिक गरेको हो ।
समितिको सूचना अनुसार, असोज १७ गते घटस्थापनाको साइत विहान ९:१६ बजे निर्धारण गरिएको छ । असोज २४ गते फूलपातीका दिन विहान ७:११ बजे तुलजाभवानीको यात्रा र ८:४३ बजे स्थिरासनको समय तोकिएको छ ।
यस वर्षको अष्टमी र नवमी एकै दिन, अर्थात् असोज २५ गते शुक्रबार परेको छ भने असोज २६ गते ११:३६ बजे टीका लगाउनको लागि उत्तम साइत रहेको छ ।




