काठमाडौं । भारी वर्षापछि बाढी पहिरो तथा कटानको कारण देशका विभिन्न जिल्लामा रहेका राजमार्गहरू अवरुद्ध छन् । राजमार्ग खुलाउन प्रयास जारी रहेपनि त्यसले सार्थकता पाइसकेको छैन । अझै पनि २० वटा राजमार्ग पूर्ण रूपमा अवरुद्ध छन् ।
धेरै स्थानमा एकै पटक राजमार्ग अवरुद्ध भएपछि स्रोत साधन तथा जनशक्ति व्यस्थापन हुन नसक्दा सडक खुलाउन समय लागेको बताइएको छ । केहि राजमार्गहरूमा भने पहिरो पन्छाएर एकतर्फी आवागमन सुचारु पारिएको छ ।






