काठमाडौं । यातायात व्यवस्था विभागले तीन दिनअघि नै रुट परमिट खुला गरेको छ । यसअघि घटस्थापनाको दिनबाट खुल्ने भनिए पनि बाढी पहिरो लगायतका आपतकालीन अवस्थाहरूका कारण यस वर्ष विभागले केही छिटो रुट परमिट खुलाउने निर्णय गरेको हो ।
सोमबार जारी सूचनामा विभागले भनेको छ, “असोज ११ गतेदेखि जारी रहेको अविरल वर्षाका कारण आएको बाढी तथा पहिरोले धेरैजसो राजमार्ग र सडकहरू अवरुद्ध भएकोले यातायात सेवा अवरुद्ध हुन पुगेको छ । यस विपद्को बेला रुट परमिटलाई कडाइका साथ पालना गर्दा यात्रुबाहक सवारी साधनलाई अप्ठ्यारो पर्ने अवस्था आएकोले २०८१ असोज १४ देखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला गर्ने निर्णय गरिएको छ ।”
विभागले यस निर्णयले विशेष गरी काठमाडौं उपत्यकाबाट बाहिरिने र भित्रिने यात्रुहरूको चाप व्यवस्थापनमा सहयोग पुर्याउने विश्वास लिएको छ ।




