काठमाडौं । देशभर हाल मनसुनी वायुको प्रभाव कायम छ । विशेषत: देशको पूर्वी र मध्य क्षेत्रहरूमा बङ्गलादेशको उत्तरी भूभाग र भारतको पश्चिम बङ्गाल आसपासमा बनेको न्यून चापीय प्रणालीले आंशिक असर पारेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।
यस समय, कोशी, मधेस र बागमती प्रदेशका केही पूर्वी भूभागहरूमा साधारण बदली देखिएको छ भने अन्य पहाडी क्षेत्रहरूमा आंशिकदेखि सामान्य बदली रहेको छ । बाँकी क्षेत्रहरूमा भने मौसम मुख्यतया सफा छ । कोशी प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ ।




