काठमाडौं । कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा र मिङ्मा जी शेर्पाले संसारका १४ वटा हिमाल बिना अक्सिजन सफलतापूर्वक आरोहण गरेर नयाँ कीर्तिमान कायम गरेका छन् ।
तिब्बती समयअनुसार शुक्रबार अपरान्ह, उनीहरुले ८ हजार २७ मिटर अग्लो शिशापाङ्मा हिमालको अक्सिजनको सहयोग बिना आरोहण गरेपछि यो ऐतिहासिक उपलब्धि हासिल भएको हो ।
यसअघि, पुर्जा र शेर्पाले ८ हजार मिटरभन्दा अग्ला १३ वटा हिमालको बिना अक्सिजन आरोहण गरिसकेका थिए, र शिशापाङ्मा १४ औं हिमाल बनेको छ । पुर्जाले संसारका ८ हजार मिटरभन्दा अग्ला हिमालहरू ४९ पटक सफलतापूर्वक आरोहण गरिसकेका छन् ।




