काठमाडौं । ३३ वर्षीया कीर्तिमानी पर्वतारोही दावा याङजुम शेर्पाले विश्वका ८ हजार मिटरभन्दा अग्ला सबै १४ हिमालको सफल आरोहण गर्ने पहिलो नेपाली महिला बन्न सफल भएकी छिन् ।
दोलखाकी शेर्पाले बुधबार बिहान ५ बजे तिब्बतको ८,०२७ मिटर अग्लो शिशपाङ्मा हिमालको शिखरमा पुगेर यो ऐतिहासिक उपलब्धि हासिल गरेकी हुन् ।
दावाले २२ वर्षको उमेरमा पहिलो पटक सगरमाथा आरोहण गरेकी थिइन् । त्यसयता उनले सगरमाथाको शिखर चार पटक सफलतापूर्वक चुमिसकेकी छन् ।




