काठमाडौं । मकवानपुरको हेटौँडा उपमहानगरपालिका १ जरुवाटोलका १० टिसिएनरोड बस्ने एक युवकमाथि खुकुरी प्रहार गर्ने दुई जनालाई प्रहरीले आज पक्राउ गरेको छ ।
स्थानीय २२ वर्षीय रोनक खड्केलाई आइतबार मोटरसाइकलमा आएका तीन जनाले अश्लिल शब्द प्रयोग गर्दै ज्यान मार्ने उद्देश्यले टाउको, अनुहार, गर्धन र शरीरका विभिन्न भागमा खुकुरी प्रहार गरी घाइते बनाएका थिए ।
खुकुरी प्रहार गरेर फरार रहेका व्यक्तिहरूको पहिचान र खोजतलास गर्ने क्रममा हेटौँडा उपमहानगरपालिका ११ का २९ वर्षीय विशाल तामाङ र १८ वर्षीय सनिस घिमिरेलाई आज पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता श्याम अर्यालले जानकारी दिए ।
पक्राउ परेकालाई ज्यान मार्ने उद्योग सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको छ, र सो घटनामा संलग्न थप एक जनाको खोजतलास जारी रहेको प्रहरीले जनाएको छ ।




