काभ्रे । काभ्रेमा एक महिला मृत फेला परेकी छन् । रोशी गाउँपालिका ३ भन्ज्याङ गाउँमा सोही ठाउँकै ६६ वर्षीय माइली लामा मृत फेला परेकी हुन् ।
शुक्रबार साँझ करिव ४ बजे लामा आफ्नै घरमा टाउकोमा चोट लागेको अवस्था मृत फेला परेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी बसुन्धरा खड्काले जानकारी दिइन् ।
घटनाको प्रारम्भिक अनसन्धानमा महिलाको हत्या भएको हुन सक्ने आशंका गरिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




