काठमाडौं । भारतबाट भाइटीका मनाउन नेपाल फर्किंदै गरेको कार दुर्घटनामा दुई जनाको ज्यान गएको छ । भारतको पन्जाब राज्यबाट बढ्नी नाका हुँदै नेपालतर्फ गइरहेको पि बि १० जेएन ६१९९ नम्बरको हुण्डाई कार र युपी ४७ टी २७०३ नम्बरको रोडवेज बस आज बिहान एकअर्कामा ठोक्किँदा यो दुर्घटना भएको हो ।
दुर्घटनामा कपिलवस्तु बाणगंगा नगरपालिका ९, बर्दहवाका दिनेश बेल्बासे र गैँडाकोट नगरपालिका ६ निवासी अनिल सापकोटाको निधन भएको छ भने, कारमा सवार अन्य तीन जना घाइते भएका छन् ।
घाइतेहरूमा मृतक दिनेशका पत्नी शारदा बेल्बासे, बाणगंगा नगरपालिका जितपुर ४ का टेक बहादुर र उनकी पत्नी धनकाला रहेका छन् । बलरामपुर प्रहरीका अनुसार सबै घाइतेहरूलाई नजिकैको अस्पतालमा उपचारका लागि लगिएको छ ।




