कैलाली । गौरीफन्टा नाकाबाट नेपाल प्रवेश गर्दै गरेका एक युवकसँग नेपाली सुरक्षाकर्मीलाई दिनुपर्ने भन्दै रकम मागेको आरोपमा दुई जना अटो चालक पक्राउ परेका छन् ।
अत्तरीया गोदावरी नगरपालिका २ का २७ वर्षीय लोकेन्द्र ओझासँग धनगढी उपमहानगरपालिका ३ मिलन चोकका २८ वर्षीय मानबहादुर बयाडी र चौराहा क्षेत्रका ३१ वर्षीय करन बोहराले नगद भारतीय २ हजार रुपैयाँ माग गरेका थिए ।
उनीहरूले नेपाली प्रहरीलाई रकम दिनुपर्ने भन्दै ओझासँग रकम लिएका थिए, जसले गर्दा सुरक्षा निकायको बदनाम भएको बताइएको छ । प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
घटनाको विषयमा जिल्ला प्रहरी कार्यालय, कैलालीले कारबाही प्रक्रिया अगाडि बढाएको छ भने ओझालाई मागिएको भारतीय २ हजार रुपैयाँ फिर्ता गराइएको छ ।




