कञ्चनपुर । कञ्चनपुरमा विप्लव कार्यकर्ता सवार बस दुर्घटना हुँदा २९ जना घाइते भएका छन् । धनगढीबाट कञ्चनपुरको महेन्द्रनगर जाँदै गरेको ना ४ ख ७७५५ नम्बरको बस कलुवापुरस्थित बनरामा दुर्घटना भएको हो । धनगढीमा नेत्रविक्रम चन्द (विप्लव) को कार्यक्रममा सहभागी भएर महेन्द्रनगर फर्कंदै गरेको बस दुर्घटनामा परेको हो ।
दुर्घटनामा २९ जना कार्यकर्ता घाइते भएका छन् । दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । घाइतेलाई उपचारका लागि अत्तरिया पठाइएको प्रहरीको भनाइ छ ।




