काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेतविरुद्ध दोस्रो भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियारले बस्नेतविरुद्ध ८ करोड ६९ लाख विगो मागदाबी गरेको हो । अख्तियारले मोहनकी पत्नी उर्मिलामाथि पनि मुद्दा दायर गरेको छ ।
यसअघि नै जग्गा प्लटिङमा अनियमितता गरेको आरोपमा उनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भइसकेको छ । हाल उनी निलम्बित अवस्थामा रहेका छन् ।




