एजेन्सी । अन्तर्राष्ट्रिय भारतीय फिल्म एकेडेमी (आइफा) २०२५ जयपुरमा सुरु भएको छ, जहाँ धेरै बलिउड सेलिब्रेटीहरू आइपुगेका छन् । यसैबीच, आईफा पत्रकार सम्मेलनको एउटा भिडियो सार्वजनिक भएको छ, जसमा करिना कपूर खानले शाहिद कपूरलाई अँगालो हालेको भिडियो र तस्बीर सामाजिक सञ्जालमा भाइरल भएको छ ।
यति मात्र होइन, करिनाले पनि रोकिएर शाहिदसँग कुरा गरिन् र सँगै उभिएर पोज पनि दिइन् । यो भिडियो र तस्बीर अहिले भाइरल भइरहेको छ र फ्यानहरूले पनि यसमा धेरै टिप्पणी गरिरहेका छन् ।
गत वर्ष दादा साहेब फाल्के अवार्डबाट करिनाले शाहिदलाई बेवास्ता गर्दै रेड कार्पेटमा अगाडि बढेको भिडियो र तस्बीर भाइरल भएको थियो । करिना र शाहिदले २००४ मा फिल्म ‘फिदा’को सेटदेखि एकअर्कालाई डेट गर्न थालेका थिए । दुवैले २००७ सम्म एकअर्कालाई डेट गरे ।
उनीहरुले सार्वजनिक रुपमै आफ्नो प्रेम व्यक्त गरेका थिए । त्यसपछि फिल्म ‘जब वी मेट’को छायांकनको क्रममा दुवै अलग भएका थिए । दुवैले २०१६ मा फिल्म ‘उडता पंजाब’ मा पनि सँगै काम गरेका थिए, तर त्यसमा उनीहरूको कुनै पनि दृश्य थिएन ।






