नवलपरासी । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा नवलपरासीका सभापति राजेन्द्रप्रसाद अग्रहरीले १० लाख रुपैयाँ बराबरको अक्षय कोष स्थापना गर्ने घोषणा गरेका छन् ।
उनले सोमबार परासीमा सम्पन्न रेडक्रसको स्वर्ण जयन्ती महोत्सवको अवसरमा उक्त कोषको घोषणा गरेका हुन् । सन् २०७५ सालदेखि जिल्ला शाखाको नेतृत्व सम्हाल्नुभएका सभापति अग्रहरीले आफू र धर्मपत्नी गायत्रीदेवी अग्रहरीको नाममा कोष स्थापना गर्न लागिएको जानकारी दिए ।
अक्षय कोषबाट गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्ति, गर्भवती तथा सुत्केरी महिलाहरूलाई पोषण सहायताका साथै विपन्न परिवारहरूलाई स्वास्थ्य तथा आपतकालीन सेवा उपलब्ध गराइने उनले बताए ।
त्यसै अवसरमा सभापति अग्रहरीले ८ जना गरिब तथा विपन्न परिवारलाई प्रति परिवार २० हजार रुपैयाँसम्मको आर्थिक सहयोग प्रदान गरेका थिए । कार्यक्रममा कोष स्थापना र आर्थिक सहयोगलाई रेडक्रसको मानव सेवा र दिगो सहयोगको उदाहरणका रूपमा लिइएको छ ।




