काठमाडाैं । सुनकाे मूल्य आज बुधबार पनि घटेको छ । ताेलामा चार सय रूपैयाँले घटेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । महासंघका अनुसार आज छापावाल सुन ८८ हजार ८ सयमा काराेबार भइरहेकाे छ । मंगलबार छापावाल सुन ८९ हजार २०० रुपैयाँमा काराेबार भएकाे थियाे ।
यस्तै तेजाबी सुनकाे मूल्य आज ८८ हजार ३५० रुपैयाँमा काराेबार भइरहेकाे छ ।
चाँदीकाे मूल्य पनि बुधबार घटेकाे छ । बुधबार थप १५ रुपैयाँले घट्दै एक हजार १९५ रुपैयाँमा झरेको छ ।






