काठमाडौं । लोकप्रिय गायक सन्तोष लामाले आफ्नो नयाँ प्रेम गीत ‘जब तिमी देखें’ सार्वजनिक गरेका छन् । गायक स्वयंको शब्द, संगीत र स्वरमा सजिएको यो गीतले शुद्ध प्रेमको गहिरो भावनालाई उत्कृष्ट रूपमा अभिव्यक्त गरेको छ ।
गीत ‘जब तिमी देखें’मा प्रेममा पूर्ण समर्पण, आत्मिक आकर्षण र जीवनको सबैभन्दा पवित्र अनुभूतिलाई सशक्त रूपमा प्रस्तुत गरिएको छ । गीतमा सन्तोष लामाले लेखेका पंक्तिहरू- “मैले तिम्रो खुशीमा आफुलाई देखें”, “मेरो त भगवान नै तिमी हौ”, जस्ता हरफहरूले गीतलाई भावनात्मक रूपमा अझ गहिरो बनाएका छन् ।
यस गीतको अडियो–भिडियो दुवै पक्ष सन्तोष लामाकै संयोजनमा तयार पारिएको हो । Mystic Vibes स्टुडियोमा रेकर्ड गरिएको गीतको मिक्सिङ/मास्टरिङ भने Bajra Creation Records का कोबिद बज्राले गरेका छन् ।
भिडियोतर्फको कलात्मक पक्षमा शान थापाको Art Direction रहेको छ भने सम्पूर्ण प्रोडक्सनको संयोजन संजीव बराइलीले गरेका हुन् । गीतको सम्पूर्ण निर्माणमा सन्तोष लामाले बहुआयामिक भूमिका निर्वाह गरेका छन् ।






