काठमाडौं । बैंकिङ कसूर मुद्दाका ३ जना फरार प्रतिवादीहरूलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनीहरुलाई विभिन्न स्थानबाट पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा भक्तपुर नगरपालिका १ सिर्जनानगर बस्ने धनुषा मिथिला नगरपालिका ८ घर भएका ४२ वर्षीया अम्बिका कुमारी रिजाल, काठमाडौं गोकर्णेश्वर नगरपालिका ८ आरूबारी बस्ने सर्लाही बरहथवा नगरपालिका ७ घर भएका ३५ वर्षीय बिक्रम कुमार दमाई र काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका ९ काडाघारी बस्ने बैतडी पाटन नगरपालिका ६ घर भएका ४३ वर्षीय जय सिंह भण्डारी रहेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले बैंकिङ कसूर मुद्दामा विभिन्न अदालतबाट पक्राउ अनुमति प्राप्त भई फरार रहेका उनीहरूलाई पक्राउ गरिएको हो ।
अम्बिकालाई भक्तपुर नगरपालिका १ सिर्जनानगरबाट, बिक्रमलाई काठमाडौं महानगरपालिका १४ कलंकीबाट र जय सिंहलाई काठमाडौं महानगरपालिका ३२ कोटेश्वरबाट प्रहरीले पक्राउ गरेको हो ।
उनीहरूमध्ये अम्बिकालाई जिल्ला प्रहरी परिसर काठमाडौं, बिक्रमलाई प्रहरी वृत्त बौद्ध र जय सिंहलाई जिल्ला प्रहरी कार्यालय कैलालीमा थप अनुसन्धान तथा कारवाहीको लागि पठाइएको जनाएको छ ।




