सर्लाही । जसपा मधेश प्रदेशका अध्यक्ष अशोक यादवलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीको टोलीले उनलाई आज दिउँसो मलंगवाको शिवसागर चोकबाट नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार यादवमाथि प्रहरी उपरीक्षक (एसपी) लाई गाली गरेको तथा आपराधिक उपद्र र राज्यविरुद्धको अपराधमा संलग्न भएको आरोप छ । सोही आधारमा उनलाई पक्राउ गरेको हो ।
प्रहरी उपरीक्षकसँग भएको गालिगलौजको अडियो केही दिनअघि सामाजिक संजालमा भाइरल बनेको थियो । असारको अन्तिम साता पूर्वाधार विकास कार्यालय मलंगवामा भुक्तानीका विषयमा विवाद भएपछि यादवले सर्लाही प्रहरी प्रमुखलाई गालिगलौज गरेका थिए ।
गालिगलौज पछि फरार रहेका उनी आज पक्राउ परेको सर्लाही प्रहरीका प्रवक्ता डिएसपी सरोज राईले बताए । यादवलाई पक्राउ गरी थप अनुसन्धान अघि बढाइने जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता राइले बताए ।




