काठमाडौं । जेनजी आन्दोलनका क्रममा देशभरका विभिन्न जेल र बाल सुधारगृहबाट फरार भएका १३ हजारभन्दा बढी कैदीमध्ये करिब १२ सय ९८ जना नियन्त्रणमा आएका छन् ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले शुक्रबार सार्वजनिक गरेको विवरणअनुसार हालसम्म १३ हजार ११४ कैदीबन्दीमध्ये ११ हजार ८६८ जना अझै फरार रहेका छन् । फरार हुने क्रममा ९ जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् ।
इन्सेकका अनुसार देशभरका कारागार र बाल सुधारगृहमा रहेको १६ हजार ७९७ मध्ये अहिले ४ हजार ८९५ मात्र कैदमा छन् । बाँकी ३५ जिल्लाका जेल तथा सुधारगृहबाट भागेका हुन् ।
प्रत्येक जिल्लामा खटिएका इन्सेकका प्रतिनिधिहरूले संकलन गरेको तथ्यांकका आधारमा यो विस्तृत विवरण सार्वजनिक गरिएको हो ।




