काठमाडौं । आज देशभर साधारणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाड र तराईका केही भूभागहरू र मधेश लगायत देशका बाँकी प्रदेशका पहाड र तराई भूभागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ ।
लुम्बिनीका तराई तथा कर्णाली र बागमती प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ । कोशी, मधेश, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज राति कोशी, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराईका भूभाग र मधेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ ।




