एजेन्सी । काजल अग्रवालको बिकिनी लुक्स अहिले चर्चामा छ । उनका फ्यानहरुले उनको सुन्दरताको प्रसंसा गरिरहेका छन् । हालसालै उनले स्विमिङ पुलमा रमाइरहेको तस्वीर सेयर गरेकी थिइन्, जुन अहिले निकै भाइरल भइरहेको छ ।

उनको बिकिनीको मूल्यको कुरा गर्ने हो भने करिब ७ हजार भारतीय रुपैयाँ पर्छ । पछिल्लो वर्ष काजलले आफ्नो प्रेमी गौतम किचलूसँग बिवाह गरेकी थिइन् । बलिउडमा उनको बिवाहको पनि निकै चर्चा भएको थियो । काजल सामाजिक सञ्जालमा निकै सक्रिय छिन् । उनी प्रायः आफ्नो तस्वीरहरु सेयर गरिरहेकी हुन्छिन् ।

काजल साउथ फिल्म उद्योगकी सबैभन्दा सुन्दरी अभिनेत्री हुन् । उनले सिंगम, पेरिस पेरिस, टेम्पर मुम्बई सागा, मागधीरा, जिल्ला, लगायतका चलचित्रमा अभिनय गरेकी छिन् । उनकाे सबैजसाे चलचित्र बक्स अफिसमा हिट छन् ।






