काठमाडौं । प्रतिनिधि सभा निर्वाचनको प्रत्यक्षतर्फ एकलौटी रुपमा देशभर अग्रता कायम राखेको रास्वपा समानुपातिकतर्फ पनि बढेको छ । समानुपातिकतर्फ अहिलेसम्म १९ हजार ७२८ मत गणना सकिँदा रास्वपाले ११ हजार ५६२ मत पाएको छ ।
यसैगरी कांग्रेसले ३ हजार ६६४, राष्ट्रिय प्रजातन्त्र पार्टीले १ हजार ७५२, नेकपा एमाले १ हजार १५२ मतसहित चौथो स्थानमा छ । श्रम संस्कृति पार्टीले ४४१, नेपाली कम्युनिस्ट पार्टीले ३९२, राष्ट्रिय परिवर्तन पार्टीले २७३, नेपाल जनता संरक्षण पार्टीले ७८, नेपाल मजदुर किसान पार्टीले ७३ मत पाएको छ ।




