जनकपुरधाम । मधेस प्रदेश सरकारले प्रदेश निजामती सेवाअन्तर्गत सहायक तेस्रो तहका कर्मचारीको नयाँ तलबमान निर्धारण गरेको छ । प्रदेशको अर्थ मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार सहायक तेस्रो तहका कर्मचारीको सुरु मासिक तलब ३० हजार ३७३ रुपैयाँ कायम गरिएको छ ।
सातवटा ग्रेड पूरा गरेपछि उनीहरूको अधिकतम कुल मासिक तलब ३७ हजार ४५७ रुपैयाँ पुग्नेछ । मन्त्रालयका अनुसार नयाँ तलबमान २०८३ साउन १ गतेदेखि लागू हुने गरी निर्धारण गरिएको हो । मधेस प्रदेश मन्त्रिपरिषद्को २०८३ भदौ २६ गते बसेको बैठकले प्रदेश निजामती सेवाअन्तर्गत सहायक तेस्रो तहका कर्मचारीको नयाँ तलबमान स्वीकृत गरेको थियो ।
मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गर्दै अर्थ मन्त्रालयले नयाँ तलबमान कायम गरी प्रदेशअन्तर्गतका सबै मन्त्रालय, आयोग, सचिवालय, प्रतिष्ठान तथा कार्यालयलाई जानकारी गराएको जनाएको छ । प्रदेश सरकारको कार्यसम्पादन नियमावली, २०८० को नियम २३९१० बमोजिम मन्त्रिपरिषद्को निर्णय कार्यान्वयनमा ल्याइएको अर्थ मन्त्रालयले जनाएको छ ।




