काठमाडाैं । नौरथा लागेदेखि नै दशैँ र तिहारलाई लक्षित गरी गाउँघरमा हालिने लिङ्गे पिङ्ग केही बर्ष यता सर्लाही लगायत प्रदेश २ बाट लोप हुँदै गएको छ । दशैँ र तिहारको मुख्य मनाेरञ्जनकाे साधनका रुपमा परिचित यो पिङ्ग ए कदशक अघिसम्म गाउँघरको टोल टोलमा जताततै देख्न पाईन्थ्यो। पिङ्ग टोल भरीका मानिसहरु भेला भएर स्थानिय बास, भिस, खयर लगायतका काठका खम र बालियो, सनपाटबाट तयार पारिन्थ्यो ।
एक दशक अघि दशैँ, तिहारमा मनोरन्जनको मुख्य साधनको रुपमा रहेको पिङ्ग दशैँको संस्कृती र मौलिकतासँग जोडिएको भएपनि अहिलेको समयमा प्रसस्त मनोरञ्जनका साधनहरु उपलब्ध हुँदा युवा पुस्ताले संस्कृती जोगाउन खासै चासो दिएका छैनन् ।
विशेषगरी दसैँमा मान्यजनको हातबाट टिका जमराको आशिर्वाद थापिसकेपछि र तिहारमा दिदी बहिनीको हातबाट टिका लगाएपछि नेपाली मैलिकता अनुसार पिङ्ग खेल्नै पर्ने मान्यता रहिआएको छ । दसैँ तिहारमा टिका लगाइसकेपछि एक पटक धर्ती छाड्नै पर्छ भन्ने पुरातन भनाई अनुसार पिङ्ग खेल्ने गरिन्छ । तर तिनै धर्ति छाड्ने मान्यता रहेका पिङ्ग अहिले लोप हुँदै गएका छन् । दशैँमा टिका लगाइसकेपछि धर्ति छाड्दा गति परिन्छ भन्ने मान्यताको आधारमा परापूर्वकाल देखिनै पिङ्ग खेल्ने प्रचलन रहेको सर्लाहीको लालबन्दी नगरपालिका वडा नं. १७ का स्थानीय राम प्रसाद दाहालले बताए ।
अहिले भने ती पिङ्गहरु लोप हुँदै गएका छन् । एउटा पिङ्ग भेट्नको लागि धेरै गाउँ चाहर्दा समेत देख्न पाइँदैन । एक दशक अघि दशैँ, तिहारमा मनाेरञ्जनकाे मुख्य साधनको रुपमा रहेको पिङ्ग दशैँको संस्कृती र मौलिकतासँग जोडिएको भएपनि अहिलेको समयमा प्रसस्त मनोरञ्जनका साधनहरु र धेरै थरिका मोबाइलमा नै गेम उपलब्ध हुँदा युवा पुस्ताले संस्कृती जोगाउन खासै चासो दिएका छैनन् । दशैँमा पिङ्ग खेल्ने परम्परा लोप हुँदै गएको उद्योग वाणिज्यसँग लालबन्दीका अध्यक्ष कल्यान कुमार जोशी ले चिन्ता व्यक्त गरे ।




