मुगु । सोमबार साँझ मुगुको गमगढीमा भएको आगलागी । आगलागीले २१ घर जलेर नस्ट भएका छन् भने करोडौँको धनमाल क्षति जिल्ला विपद् व्यवस्थापन समितिले जनाएकाे छ ।
सोमबार राति १२ बजेदेखि सल्केको आगो बिहान ६ बजेसम्ममात्र नियन्त्रणमा आएको थियो । आगलागीबाट रतनबहादुर शाही, जानबहादुर हितान, दानबहादुर हितान, ठिल्ले तामाङ, झोबा तामाङ, पृथ्वीजंग शाह, सकुन्तला शाही, पुतली शाही, असल मल्ल, टासी तामाङ, गुरु तामाङ, एङग्याल तामाङलगायत २१ जनाको पूर्णरुपमा खरानी भएको छ ।
प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतका अनुसार जिल्ला समन्वय समितिमा बसेको विपद् व्यवस्थापन समितिको बैठकले आगलागीबाट पीडित परिवारलाई तत्काल गास बासको व्यवस्था गर्ने निर्णय भएको छ ।




