एजेन्सी । हरेक मानिसमा कुनै न कुनै नराम्रो बानी हुन्छ, जसले शरीरलाई हानि पुर्याउँछ । यी बानीहरू हाम्रो स्वास्थ्यको लागि हानिकारक मात्र होइनन्, बुढ्यौली प्रक्रियालाई पनि गति दिन्छ । यदि हामीले आफ्नो जीवनशैलीमा ख्याल राख्यौँ भने बुढ्यौलीको गतिलाई कम गर्न सकिन्छ । पब्लिक हेल्थ न्यु मेक्सिको स्टेट युनिभर्सिटीका प्रोफेसर डा. जगदीश खुबचन्दनीले यस्ता पाँच खराब बानीका बारेमा बताएका छन्, जसले मानिसको उमेर तीव्र गतिमा बढाउने काम गर्छ ।
तनाव – विज्ञले भने, ‘कुनै पनि कुराको धेरै चिन्ताले मानिसलाई छिट्टै बुढो बनाउँछ । उनीहरु कुनै न कुनै मानसिक वा शारीरिक रोगको सिकार पनि हुन सक्छन् । हामी यो महसुस गर्दैनौँ, तर तनाव एक धेरै घातक र मौन किलर हो । तसर्थ, यदि तपाईं लामो समयसम्म जवान रहन चाहनुहुन्छ भने, धेरै तनाव नलिनुहोस् ।
पर्याप्त निन्द्रा नहुनु – पर्याप्त निन्द्रा नहुनु पनि एक ठूलो समस्या हो जसको तनावसँग गहिरो सम्बन्ध छ । निद्राले हामीलाई जवान र तनावमुक्त रहन मद्दत गर्छ र बुढ्यौली प्रक्रियालाई सुस्त बनाउँछ । यद्यपि कतिपयले यसलाई गम्भीरतापूर्वक लिँदैनन् । युवाहरुमा यो समस्या तिव्र गतिमा बढ्दै गएको छ, जसको साइड इफेक्ट भविष्यमा देखिन सक्छ ।
खराब खानपान – छिटो बुढ्यौली हुनुमा खराब खानपान पनि धेरै हदसम्म जिम्मेवार हुन्छ । डा. खुबचन्दनी भन्छन्, ‘२१औँ शताब्दीमा सोडा, प्रशोधित खाना र बोसोयुक्त खानेकुरा हाम्रो आहारको ठूलो हिस्सा बनेको छ र यो नै हाम्रो आयु घट्नुमा सबैभन्दा बढी जिम्मेवार छ ।’
सक्रिय नहुनु – दैनिक जीवनशैलीमा व्यायाम नगर्नु वा शरीरलाई पर्याप्त सक्रिय नराख्नुले हाम्रो स्वास्थ्यलाई प्रत्यक्ष असर गर्छ । विज्ञहरूका अनुसार मानिसमा सक्रियताको कमीका कारण रोगले छिट्टै घेर्छ र ऊ छिट्टै बुढ्यौलीतर्फ अघि बढ्छ । व्यायाम नगर्दा तीन प्रकारका जैविक, मनोवैज्ञानिक र शारीरिक असर हुन्छन् ।
धुम्रपान र मद्यपान – तनाव वा चिन्ताबाट बच्नको लागि, धेरै मानिसहरूले रक्सी, सुर्ती वा लागूपदार्थ जस्ता चीजहरूको सेवन गर्न थालेका छन् । यसले युवा पुस्तालाई थप आकर्षित गरिरहेको छ । यिनको अत्याधिक सेवनले मानिसको ज्यान समेत जान सक्छ तर त्यो भन्दा पहिले पनि यसको लगातार र अत्याधिक सेवनले हामीलाई छिटोछिटो बुढ्यौलीतर्फ धकेल्छ ।




