काठमाडौं । तीन दिन उच्च पहाडी तथा हिमाली भु-भागमा हल्का हिमपातको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागले प्रदेश १, बाग्मती प्रदेशर गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमालीमा हल्का हिमपातको सम्भावना रहेको जनाएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू-भागहरुमा आंशिक बदली रही बाँकी भु-भागमा मौसम सामान्यतया सफा रहेको छ । बिहीबार दिउँसो देशको पहाडी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली रही वाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ ।
प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भु-भागहरुका एक/दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाबाट जारी मौसम बुलेटिनमा उल्लेख छ ।
शुक्रबार प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भु-भागहरुका एक-दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ । शनिबार प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भु-भागहरुका एक-दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाको भनाई छ ।
हिमपातको सम्भावना रहनुको साथै देशभर चिसो बढ्नेक्रममा रहेकाले आवश्यक सतर्कता मिलाउन अनुरोध गरिएको छ । हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली सक्रिय नभएको विभागले जनाएको छ ।




