काठमाडौं । पछिल्लो २४ घण्टामा २४६ जना कोरोना संक्रमित थपिएका छन् । देशभर गरिएको ६ हजार ४०० पीसीआर र एक हजार ४३३ जनाको एन्टीजेन परीक्षणका क्रममा २४६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यो सँगै कुल संक्रमितको संख्या ८ लाख २२ हजार १७२ जना पुगेको छ । कुल संक्रमितमध्ये ६ हजार ९२१ जना सक्रिय संक्रमित छन् । गत २४ घण्टामा ३४६ जना संक्रमित निको भएका छन् । यो सँगै देशभर निको हुनेको संख्या ८ लाख ३ हजार ७१६ पुगेको छ ।
पछिल्लो २४ घण्टामा कोरोनाका कारण कसैको पनि ज्यान नगएको मन्त्रालयले जनाएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५३५ पुगेको छ । हाल देशभर ९८ जना क्वारेन्टाइनमा छन् । १०७ जना आइसीयू र ३४ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार १० वर्षसम्मका बालबालिका ५ जना र ११ देखि २० वर्षका २४ जना संक्रमित भएका छन् । त्यस्तै, २१ देखि ३० सम्मका ३७ जना रहेका छन् । ३१ देखि ४० वर्षका नागरिक पनि ४३ जना रहेका छन् । ४१ देखि ५० वर्षका ४६, ५१ देखि ६० वर्षका ३० जना, ६१ देखि ७० का १४ जना छन् ।
त्यस्तै, ७१ देखि २० वर्षका १५ जना रहेका छन् । ८० वर्षमाथिका ८ जना संक्रमित भएका छन् । १ जनाको उमेर खुल्न सकेको छैन । त्यसैगरी अहिले देशभर ६ हजार ९२१ जना संक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।




